१५ अर्ब घोटाला भएकाे पाेखरा विमानस्थल पानीले डुब्यो, डेढ घण्टा बन्द, प्रदीपकाे कर्तुत् बाहिरियाे

पोखरा । झण्ड १५ अर्ब घोटाला भएको ठहरसहितको प्रतिवेदन आएका बेला वर्षातको पानी जमेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल डुबानमा परेको छ ।
बुधबार पोखरामा ठूलो वर्षा भएको थियो । वर्षातको पानीले पोखरा विमानस्थलमा डुबान भएपछि करीव साढे १ घण्टा विमानस्थल बन्द गरिएको थियो ।
वर्षातको पानी विमानस्थलबाट बाहिर जान सकेको थिएन । पानी जमेपछि विमानस्थल नै बन्द गर्नुपरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रेम ठाकुरले बुधबार पोखरामा ठूलो पानी परेका कारण करीव साढे १ घण्टा विमानस्थल बन्द गर्नुपरेको बताए ।
पोखरा विमानस्थल डुबानमा परेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । पार्किङमा रहेका ट्याक्सीहरू आधा भाग डुबेको भिडियोमा देख्न सकिन्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै १५ अर्ब घोटाला रहेको भन्दै त्यसको मुख्य नाइकेका रुपमा सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितलाई कारबाही सिफारिस गरेको छ ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले पनि पोखरा विमानस्थलका विषयमा अनुसन्धान गरिरहेको छ । महानिर्देशक अधिकारीसँग अख्तियारले पटक पटक बयान लिएको छ ।
महानिर्देशक अधिकारी तत्कालीन समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख थिए । विमानस्थल बनाउने क्रममा अधिकारीले ठूलो घोटाला गरेको आरोप लागेका बेला वर्षातको पानीले डुबान भएपछि झन् प्रश्न उठेको छ ।
अधिकारीले पोखरा विमानस्थललाई तोकिएको योजनाअनुसार निर्माण नगरेका कारण डुबान भएको आरोप छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया