परराष्ट्रमन्त्री डा.राणासँग इएससीएपी सचिव अलिस्जाहबानाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग संयुक्त राष्ट्र संघका उप–महासचिव तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी)का कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्जाहबानाले भेट गरेकी छिन् ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र अलिस्जाहबानाबीच भेट भएको हो ।
डा.राणाले थाइल्याण्डको बैंककमा हालै सम्पन्न इएससीएपीको ८१औं सत्रको अध्यक्षता गर्न नेपाललाई आमन्त्रित गरिएको भन्दै अलिस्जाहबानालाई धन्यवाद दिएकी छिन् ।
डा.राणाले भनिन्, ‘आगामी सगरमाथा संवादको प्रमुख उद्देश्य समावेशी र दिगो विकासमा संवादलाई बढावा दिन इएससीएपीले महत्वपूर्ण भूमिका खेल्छ । म सगरमाथा संवादमा इएससीएपीको अर्थपूर्ण सहभागिताको लागि तत्पर छु ।’
Published : Thursday, 2025 May 15, 8:31 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया