डीआईजी भट्टद्वारा रामपुर प्रहरीको निरीक्षण, जनताको हितमा कार्यसम्पादन गर्न निर्देशन

रामपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्टले इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाको निरीक्षण भ्रमण गरेका छन् ।
बिहीबार डीआईजी भट्टले इलाका प्रहरी कार्यालय रामपुरको निरीक्षण तथा निर्देशन दिएका हुन् । डीआईजी भट्टलाई इलाका प्रहरी कार्यालय रामपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले स्वागत गरेका थिए ।
डीआईजी भट्टले रामपुर प्रहरीको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरूबाट कार्य विबरणहरूको बारेमा जानकारी लिएका छन् । भट्टले शान्ति सुरक्षा बनाउन, जनताको सेवालाई हितमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
रामपुर क्षेत्रमा प्रहरीले गरेको कार्यसम्पादनबाट आफू सन्तुष्ट रहेको डीआईजी भट्टले निर्देशनका क्रममा बताएका छन् । उनले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, समाजिक जनचेतना, साइबर अपराध लगायतमा अझै उत्कृष्ट काम गर्न रामपुर प्रहरीलाई निर्देशन दिएका छन् ।
डीआईजी भट्टले शान्ति सुरक्षा कायम गर्दा कार्यसम्पादन र जिम्मेवारी बहन गर्ने क्रममा आइपर्ने समस्या समाधानका लागि आफूले सहयोग गर्ने आश्वासन दिएका छन् । रामपुर प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
इन्स्पेक्टर नेपालीले रामपुर प्रहरीको जिम्मेवारी सम्हालेपछि रामपुर क्षेत्रमा हुने अपराध, गुण्डागर्दी, चोरी, तस्करी, लागुऔषध तस्करी, स्वरुप परिवर्तन भएका मोटरसाइकललाई कारबाहरी, मानव बेचबिखन लगायतका अपराध नियन्त्रण भएका छन् । स्थानीयले पनि पछिल्लो समय रामपुरको शान्ति सुरक्षामा उल्लेख्य सुधार भएको बताउने गरेका छन् ।
रामपुर क्षेत्र सम्वेदनशील मानिन्छ । इन्स्पेक्टर नेपालीले नेतृत्व सम्हालेपछि प्रहरी कर्मचारीहरूबाट निकै रामो कार्यसम्पादन भएको छ । शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि उल्लेख्य सुधार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको निरीक्षण भ्रमण सकेर बुटवलतर्फ फर्कने क्रममा डीआईजी भट्टले रामपुर प्रहरीको निरीक्षण गरेका हुन् ।






बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया