टेरामक्समा ७० करोड दिने गोकुल बास्कोटालाई अख्तियारको उन्मुक्ति, मोहन बस्नेतलाई मुद्दा

काठमाडौं । टेरामक्स खरिद प्रकरणमा तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको छ ।
एमालेका नेता समेत रहेका तत्कालीन मन्त्री बास्कोटाले टेरामक्स प्रविधि खरिदकै लागि ७० करोड रुपियाँ छुट्याउने गरी बजेट स्वीकृत गरेको भेटिएको छ । कागजात अनुसार, ७ कात्तिक, २०७५ मा बाँस्कोटाले मन्त्रिस्तरीय निर्णय गरी बजेट चलाउन सहमति प्रदान गरेका हुन् ।
२०७४ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि केपी ओली प्रधानमन्त्री बन्दा गोकुल बास्कोटा उनको क्याबिनेटका सञ्चार तथा सूचना प्रविधिमन्त्री बने । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै सहजीकरणमा टेरामक्स प्रविधि खरिद प्रक्रिया अघि बढेको देखिन्छ ।
१९ असोज, २०७५ मा दुरसञ्चार प्राधिकरणले सञ्चार तथा सूचना मन्त्रालयमा आफ्नो वार्षिक बजेट स्वीकृतिका लागि फाइल पेश गरेको थियो । कार्यक्रमका लागि २५ करोड रुपियाँ माग गरेको थियो । बास्कोटाले २५ करोडको बजेट स्वीकृतिको माग भएकोमा ७० करोड रुपियाँको स्वीकृति दिएका थिए । मन्त्री बास्कोटाले संशोधन गरी स्वीकृत गरेको कार्ययोजना अनुसार, परामर्शदाता छनौट गरी सम्झौताका लागि २० करोड र परामर्श सेवा खरिद तथा कार्यान्वयनका लागि ५० करोड रुपियाँ स्वीकृत गरेका थिए ।
अख्तियारले बास्कोटालाई प्रमाणको अभाव देखिएको भन्दै मुद्दा नचलाउने निर्णय लिएको छ । टेरामक्स खरिदमा बाँस्कोटाले कुनै आदेश वा स्वीकृति दिएको नदेखिएको अनि खरिदको कुनै पनि चरणमा उनले कारवाही अघि नबढाएको भन्दै अख्तियारले उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको देखिन्छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया