सगरमाथा सम्वादका लागि भारतका मन्त्री यादव काठमाडौंमा, विमानस्थलमा स्वागत
काठमाडौं । सगरमाथा सम्वाद कार्यक्रममा सहभागी हुन भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादव काठमाडौं आएका छन् ।
बिहीबार मन्त्री यादव काठमाडौं आइपुगेका हुन् । उनलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री यादवलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि विमानस्थल पुगेका थिए ।
सगरमाथा सम्वादमा सहभागी हुन भारत सरकारले मन्त्री यादवलाई काठमाडौं पठाएको हो ।
शुक्रबार सुरु हुने संगरमाथा संवाद जेठ ४ गतेसम्म चल्नेछ । नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका विषयमा उक्त संवाद केन्द्रित गर्ने तयारी सरकारको छ ।
सगरमाथा संवादका लागि विभिन्न देशका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरू काठमाडौं आउनेक्रम जारी छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया