सगरमाथा सम्वादका लागि भारतका मन्त्री यादव काठमाडौंमा, विमानस्थलमा स्वागत

काठमाडौं । सगरमाथा सम्वाद कार्यक्रममा सहभागी हुन भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादव काठमाडौं आएका छन् ।

बिहीबार मन्त्री यादव काठमाडौं आइपुगेका हुन् । उनलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री यादवलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि विमानस्थल पुगेका थिए ।

सगरमाथा सम्वादमा सहभागी हुन भारत सरकारले मन्त्री यादवलाई काठमाडौं पठाएको हो ।

शुक्रबार सुरु हुने संगरमाथा संवाद जेठ ४ गतेसम्म चल्नेछ । नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका विषयमा उक्त संवाद केन्द्रित गर्ने तयारी सरकारको छ ।

सगरमाथा संवादका लागि विभिन्न देशका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरू काठमाडौं आउनेक्रम जारी छ ।

Published : Thursday, 2025 May 15, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया