रुपन्देहीबाट १३ लाख ५० हजारसहित २ जना पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–५ बैंकरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपियाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका–७ बस्ने ३८ वर्षीय दिनेश बनिया र ३५ वर्षीया पिङ्की बनिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दिनेश र मोटरसाइकलमा सवार पिङ्कीलाई पक्राउ गरेको हो ।

Published : Thursday, 2025 May 15, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया