गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
गाउँपालिका वडा नं. ९ र पचाल झरना गाउँपालिकाबीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा पलाता गाउँपालिकालाई आव २०७७÷७८ मा कर्णाली प्रदेश सरकारबाट फेरी निर्माण बापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार ९ सयको लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई गरेको कार्यमा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको पाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।
‘झुट्टा बिल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५ लाख ६ हजार ५२ रुपियाँ ५३ पैसा उपभोक्ता समितिलाई भुक्तानी लिने दिने कार्य गरी उपभोक्ता समितिका पदाधिकारीलाई गैरकानूनी लाभ पु¥याउने र गाउँपालिकालाई हानिनोक्सानी पु¥याउने कार्य पुष्टि भएको पाइएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया