इन्स्पेक्टर साहको मर्यादा विपरितको आचरण, सार्वजनिक स्थानमा सहायक हवल्दारलाई कुटपिट

काठमाडौं । प्रहरी आचरण विपरितको कार्य गर्दै थानकोट ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरीका सहायक हवल्दार मदन खड्कालाई सार्वजनिक स्थानमा कुटपिट गरेका छन् ।

थानकोट प्रहरीका अनुसार, ट्राफिक जामका क्रममा भारतीय नम्बर प्लेटको गाडी नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने विषयमा विवाद हुँदा प्रहरी निरीक्षक साहले हवल्दार खड्कालाई कुटपिट गरेका हुन् । सहायक हवल्दार खड्काको गल्ती नै थियो भने इन्स्पेक्टर साहले सार्वजनिक स्थानमा कुटपिट गर्नु हुँदैन । कारबाहीको प्रक्रिया र व्यवस्था छ ।

इन्स्पेक्टर साहलाई तत्काल निलम्बन गरी अनुसन्धानको दायरामा राख्नुपर्छ । आफूभन्दा जुनियर प्रहरी कर्मचारीलाई सार्वजनिक स्थानमा कुटपिट गरेर प्रहरी संगठनको आचारण विपरितको कार्य गरेका छन् । नागढुङ्गा चेकपोष्ट निकै बदनाम छ । यस्तो अवस्थामा इन्स्पेक्टरले सहायक हवल्दारलाई कुटपिट गरेपछि चिन्ताको विषय बनेको छ ।

भारतीय नम्बर प्लेटका गाडीलाई नागढुंगामा जाँचका विषयमा केही दिनअघि समेत ट्राफिक प्रहरी र जाँचमा खटिएका प्रहरीबीच विवाद भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील बोहराले घटनाबारे छानबिन गर्न प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई निर्देशन दिइसकेको बताए ।

प्रहरी निरीक्षकबाट कुटाइ खाने हवल्दार खड्का नागढुंगा प्रहरी प्रभावमा कार्यरत छन् । निरीक्षक साह भने ट्राफिक प्रहरी प्रभाव नागढुंगाका प्रमुख हुन् ।

Published : Wednesday, 2025 May 14, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया