भालुबाङ प्रहरीद्वारा राप्ती नदीमा उत्खनन् गर्ने ९ वटा ट्याक्टर नियन्त्रण

मसुरिया । इलाका प्रहरी कार्यालय भालुबाङ, दाङले ९ वटा ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको छ ।

बुधबार राप्ती गाउँपालिका वडा नं. १ स्थित राप्ती नदीमा अबैध उत्खनन् गर्ने ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । भालुबाङ प्रहरीले ती ट्याक्टर र चालकहरूलाई राप्ती गाउँपालिकाको कार्यालयमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय, भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले राप्ती नदीमा मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा फेला परेका ९ वटा ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकाको कार्यालयमा पठाइएको छ ।

राप्ती गाउँपालिकाले राप्ती नदीमा ठेक्का लगाएको छ । गाउँपालिकाको मिलोमतोमा मापदण्ड विपरित ठेकेदारले उत्खनन् गर्दै आएका छन् । स्थानीयले दैनिक रुपमा विरोध गर्दै आएका छन् ।

Published : Wednesday, 2025 May 14, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया