भालुबाङ प्रहरीद्वारा राप्ती नदीमा उत्खनन् गर्ने ९ वटा ट्याक्टर नियन्त्रण
मसुरिया । इलाका प्रहरी कार्यालय भालुबाङ, दाङले ९ वटा ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको छ ।
बुधबार राप्ती गाउँपालिका वडा नं. १ स्थित राप्ती नदीमा अबैध उत्खनन् गर्ने ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । भालुबाङ प्रहरीले ती ट्याक्टर र चालकहरूलाई राप्ती गाउँपालिकाको कार्यालयमा पठाएको छ ।
इलाका प्रहरी कार्यालय, भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले राप्ती नदीमा मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा फेला परेका ९ वटा ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकाको कार्यालयमा पठाइएको छ ।
राप्ती गाउँपालिकाले राप्ती नदीमा ठेक्का लगाएको छ । गाउँपालिकाको मिलोमतोमा मापदण्ड विपरित ठेकेदारले उत्खनन् गर्दै आएका छन् । स्थानीयले दैनिक रुपमा विरोध गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया