सिम्रौनगढका मेयर चढ्ने सरकारी गाडी दुर्घटना

चपुर । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटना भएको छ ।
बुधबार रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढतर्फ जाँदै गरेको बा २ झ ४३५४ नम्बरको मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका–५ नारायणचोकको बाटोमा दुर्घटना भएको हो ।
आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् ।
गाडी चालक बारा सिम्रौनगढ –१ बैरियाका ४० वर्षीय मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको छ ।
Published : Wednesday, 2025 May 14, 7:09 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया