रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास : कांग्रेस नेतृ उपाध्याय

हेटौँडा । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रासायनिक मलको कारण माटोको उर्वराशक्ति ह्रास हुँदै गएको बताएकी छिन् ।
बुधबार मकवानपुरको बकैया गाउँपालिका–७ मा हर्दा खहरे बोरिङ सिंचाई आयोजनाको उद्घाटन उपाध्यायले रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताइन् । सह–महामन्त्री उपाध्यायले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताएकी छिन् ।
उनले जैविक मलको प्रयोग बढाउनुपर्ने गरी सरकारले नीति कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले स्थानीय सरकारले पनि जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपियाँ अनुदान विनियोजन गर्न लागेको कांग्रेस सह–महामन्त्री उपाध्यायले बताएकी छिन् ।
बागमती प्रदेश सरकारको ३६ लाख रुपियाँ लागतमा हर्दा खहरे बोरिङ सिंचाइ निर्माण गरिएको हो । १५ बिगाहा क्षेत्रफल जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउने गरी सो आयोजना निर्माण गरिएको भूमिगत सिंचाइ आयोजना प्रमुख केशव जैशीले बताए । १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रतिसेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने उनले बताए ।
बन्जर जमिनमा सिंचाइ सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू हर्षित भएका छन् । आकाशे पानीको भरमा वर्षको एक बाली मात्रै खेती गर्दै आएका किसानहरू वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया