वीरगञ्जका कुर्मी पक्राउ, ताहाचलमा मुद्दा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वैदेशिक रोजगारीसम्बन्धी कसूर मुद्दाका प्रतिवादी ६८ वर्षीय सीतारामप्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।

कर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । वीरगन्ज महानगरपालिका–२४ का कुर्मीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो ।

सुरेशसिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दीपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसूर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न विभागले वैशाख १७ गते पर्सा प्रहरीलाई पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउलगत्तै प्रहरी कर्मचारीको जिम्मा लगाई कुर्मीलाई विभागमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले बताएका छन् ।

Published : Wednesday, 2025 May 14, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया