कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । सहकारीको रकम अपचलन, दुरुपयोग र ठगीमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ मा पक्राउ गरेको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा राईले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । मंगलबार सरकारी वकिलले राईविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
Published : Wednesday, 2025 May 14, 6:04 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया