कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । सहकारीको रकम अपचलन, दुरुपयोग र ठगीमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ मा पक्राउ गरेको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा राईले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । मंगलबार सरकारी वकिलले राईविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
Published : Wednesday, 2025 May 14, 6:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया