संघीय संरचना घटाऔं, प्रदेशमा ५ मन्त्री, वडामा ३ सदस्य, समानुपातिकलाई राष्ट्रिय सभा : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेत संघीय संरचनाको संख्या घटाउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बस्नेतले संघीय संरचना, पदाधिकारी, भत्ताको व्यवस्थामा पुनर्विचार गर्नुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र बहुदलीय व्यवस्थाप्रति कांग्रेस प्रतिवद्ध रहेको पनि बताए ।

उनले भने, ‘संविधान संशोधनका कुराहरू पनि आएका छन् । सबै तहका संरचनाहरू स्थानीय निकायदेखि संघीय संरचना पनि घटाउनु पर्छ । यो मैले धेरै अगाडिदेखि भन्दै आएको हो ।’

‘हाम्रो वडा तहमा पनि पाँच जना वडा सदस्यको काम छैन । ३ जना भए पुग्छ । दलित, महिला र एकजना भए पुग्छ । ३ जना भए पुग्छ’, कांग्रेस सांसद बस्नेतले भने । उनले भने, ‘प्रदेशमा पनि संरचना घटाउनु पर्‍यो । ५ जना मन्त्री भए पुग्छ ।’

‘संघीय संरचना पनि संघीय सांसदमा पनि डाइरेक्ट जो पार्लियामेन्ट मेम्बरहरू छन् डाइरेक्ट प्रतिनिधि सभामा बस्छ,’ बस्नेतले भने, ‘जो समानुपातिकवाला छ, राष्ट्रिय सभामा बस्नु प¥यो । त्यसको पनि संरचना घटाउनु प¥यो ।’

‘भत्ताको कुरा आउँछ भने जनताहरूले सांसदहरूले भत्ताको कुरा लिएका छन्,’ उनले भने, ‘तलदेखि माथिसम्म भत्ता घटाउनु प¥यो । नत्र भत्ता पनि खारेज गर्नु पर्‍यो ।’

सांसद बस्नेतले भने, ‘नेपाली कांग्रेसको स्ट्याण्डको कुरा गर्नु हुन्छ भने हामी समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा विश्वास गर्छौ । हामी मल्टी पार्टी डेमोक्रेशीमा विश्वास गर्छौं । हाम्रो स्ट्याण्ड भनेको मल्टी पार्टी डेमोक्रेशी हो ।’

‘यसमा संरचना के कति घटाउन सकिन्छ ? घटाएर अझ सुधारउन्मुख अगाडि बढौ भन्ने मलाई लाग्छ’, उनले भने ।

‘नीति र सिद्धान्तका कुरा छन् । आर्थिक वर्षको सिद्धान्तको प्राथमिकताको कुराहरू छन्’, सांसद बस्नेतले भने ।

सांसद बस्नेतले भने, ‘आफूले बोले सबै कुरा ठीक । आफै सत्य । अरु सबै असत्य । आफै राम्रो अरु सबै नराम्रो । आफै धर्मात्मा, अरु सबै पापी भन्ने । सरकारमा हुँदा एउटा कुरा गर्ने । सरकार बाहिर जाना साथ फेरि झुठको कुरा गर्ने ।’

Published : Wednesday, 2025 May 14, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया