ओखलढुङ्गा र रोशी खोलाको सडकहरू मर्मत, निर्माण र बजेट व्यवस्था गर्न कांग्रेस सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सानो पानी पर्दा समेत काभ्रेको रोशी खोलाले सडक बगाएर सवारी आवागमन अबरुद्ध बनाएको भन्दै मर्मत सम्भारका लागि आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले बालुवाले बनाएको सडक वर्षात हुँदा बगेर क्षति हुने गरेको बताए ।
उनले भने, ‘वर्षात् शुरु भयो । सानो पानी पर्नेवित्तिकै रोशी खोलाको बालुवाले बनाएको बाटो हावा आउँदा पनि उडाउने बालुवालाई पानी आउँदा पनि बगाउने । बाटो बन्द भएको छ ।’
सांसद खतिवडाले ओखलढुङ्गा जिल्लाका सडकहरू कुनैमा बजेट अभाव, कुनैको काम ढिला भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘ओखलढुङ्गा जिल्लाको साँघुटार–घोराखोरी–सिलौरीघाटको बाटोका लागि यथेष्ट रकम विनियोजन नभएर वर्षातको समयमा अफ्ठ्यारो पर्ने अवस्था छ । ओखलढुङ्गाको ढाँडे–रगनी–फलाँटे–भुसिङ्गा सडकलाई यथोचित रकम व्यवस्था नभएर वर्षातको समय बाटो बन्द हुने अवस्था छ ।’
‘लिखु–एकवार त्यस्तै छ । ओखलढुङ्गामा सयौँ बन्ने बाटोहरू अहिले पूरा भएका छैनन्,’ खतिवडाले भने, ‘मोलुङ एकवारलाई कुटोले खने जस्तो गरेर काम अगाडि बढाइएको छ ।’
सांसद खतिवडाले दुधकोशी हाइड्रो पावरका लागि बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले भने, ‘दुधकोशी हाइड्रो पावर यस पटक जसरी पनि बनोस् । यथेष्ट रकमको व्यवस्था होस् ।’
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया