परराष्ट्रमन्त्री डा.राणासँग स्लोभेनियाकी राजदूत घोषद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि स्लोभेनियाका गैरआवासीय राजदूत मटेजा वोदेब घोषले भेट गरेकी छिन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत घोषले भेट गरेकी हुन् । घोष आफ्ना कार्यकाल पूरा गरी स्वदेश फर्किने क्रममा परराष्ट्रमन्त्री डा.राणाले बिदाइ भेट गरेकी हुन् ।
भेटमा नेपाल–स्लोभेनिया सम्बन्धलाई अझ गहिरो बनाउन राजदूत घोषको प्रशंसनीय प्रयासको लागि परराष्ट्रमन्त्री डा.राणाले धन्यवाद दिएकी छिन् ।
डा.राणाले भनेकी छिन्, ‘उहाँको निरन्तर सफलताको कामना गर्दै, हाम्रो द्विपक्षीय सहयोगको निरन्तर वृद्धिको अपेक्षा गर्दछु ।’
Published : Wednesday, 2025 May 14, 8:27 am
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया