सिटौलासहितका नेताहरूद्वारा भक्तपुर कांग्रेसका सभापति थापासँग भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भक्तपुर कांग्रेसका सभापति समेत रहेका सांसद दुलर्भ थापाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
मंगलबार भक्तपुरको सल्लाघारस्थित निवासमा प्रतिनिधि सभाका सांसद थापासँग भेट गरी नेता सिटौलाले शीघ्रस्वास्थ्य लाभको कामना गरिएको कांग्रेस नेता उत्तम चापागाइँले बताए । सभापति थापाले केही दिन अगाडि नयाँ दिल्लीमा उपचार गरेर स्वदेश फर्किएका थिए ।
नेपाल तरुण दलका पूर्वउपाध्यक्ष समेत रहेका नेता चापागाइँले भने, ‘नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुलर्भ थापाज्यूले निवासमा स्वास्थ्य उपचारपछि आराम गरिरहनु भएको छ । उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिन र शीघ्रस्वास्थ्य लाभको कामना गर्न राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला आउनुभएको थियो ।’
सभापति थापाले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भन्दै नेता सिटौलासहित आफूलाई स्वास्थ्य लाभको कामना गर्न आएका सबै नेताहरूप्रति आभार प्रकट गरेका छन् ।
सभापति थापालाई भेट्न नेता सिटौलाका साथै नेताहरू जगदीश्वर नरसिंह केसी, महेश श्रेष्ठ, उत्तम चापागाइँ, सूर्यचन्द्र लामिछाने लगायत रहेका नेताहरू निवासमा पुगेका थिए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया