मन्त्री राणाद्वारा प्यूठानका मतदातासँग भेटघाट, योजनाहरूका बारेमा घरदैलोमा पुगेर सुझाव लिए

बिजुवार । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले आफ्नो क्षेत्रका मतदाता र नेपाली कांग्रेसका स्थानीय नेताहरूसँग भेट गरी नयाँ बजेटमा राख्ने विकासका योजनाहरूबारेमा परामर्श गरेका छन् ।
मंगलबार र सोमबार दुई दिन प्यूठानको प्रदेश क्षेत्र नं. २ का मतदाता र कांग्रेसका स्थानीय नेताहरूसँग भेट गरी आवश्यक योजनाहरूको सूची माग गरेका हुन् । मतदाताहरूको गाउँ, टोल र घरदैलोमा पुगेर राणाले विकास योजनाहरूका बारेमा सुझाव लिएका हुन् । उनले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८२÷८३ को बजेटमा प्यूठान क्षेत्र नं. २ का साथै पूरै जिल्लाले आवश्यक्ताअनुसार विकासका योजनाहरूमा पर्याप्त बजेट पाउने बताएका छन् ।
मन्त्री राणाले बिजुवारस्थित भैरव मन्दिर व्यवस्थापन तथा संरक्षण, बिजुवारमा सभाहलका लागि आवश्यक योजना राख्ने बताएका छन् । मन्त्री राणाले आफूले कसैसँग भेदभाव, पूर्वाग्रही नभएर प्यूठानको विकासमा कार्यक्रमहरू राख्ने बताए ।
उनले नरेन्द्र गायत्री आँखा अस्पतालको निरीक्षण गरि आवस्यक सहयोगको प्रतिबद्धता पनि जनाएका छन् । आँखा अस्पतालमा उपचार गराउन आएका बृद्ध आमाबुवासँग मन्त्री राणाले भलाकुसारी गरेको प्यूठान कांग्रेसका नेता दीपक केसीले बताएका छन् ।
मन्त्री राणाले बिजुवारस्थित प्रस्तावित आयुर्वेद सेवा केन्द्रको पनि निरीक्षण गरेका छन् । टिकुरीमा नेपाली कांग्रेसको पार्टी कार्यालयको लागि आवश्यक जग्गाका लागि पहल गर्ने पनि बताएका छन् ।
उनले नेपाल निर्माण व्यावसायी प्यूठानका निर्वाचित वरिष्ठ उपाध्यक्ष शोभाराम न्यौपानेलाई पनि निवासमै पुगेर बधाई दिएका छन् ।
उता, गौमुखी गाउँपालिका वडा नं. १ अर्खा अर्तुबाङ्गमा मन्त्री राणाले तामेश्वर महादेवको मूर्ति अनावरण गरेका छन् । यो मूर्ति लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो रहेको दाबी स्थानीयको छ ।
मन्त्री राणा झिम्रुकस्थित पूर्व जिविस सभापति कृष्णबहादुर जिसीको चौरासी पूजामा सरिक भएर आशीर्वाद समेत लिएका छन् ।
झिम्रुकमा स्थानीय जनतासँग भेट गरी विकास निर्माण र योजनाहरूको विषयमा परामर्श गरेको नेता केसीले बताए ।
नेपाली कांग्रेस प्यूठानका पूर्व पार्टी सभापति अमर भण्डारीकी आमा झगादेवी भण्डारीको चौरासी पूजामा सरिक भएर मन्त्री राणाले आशीर्वाद समेत लिएका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया