लुईंटेलद्वारा इजिप्टका विदेशमन्त्रीसँग विपिन जोशीको रिहाइका लागि अनुरोध

कायरो । नेपालका युवा नेता तथा सामाजिक अभियन्ता रचुमनि लुईंटेलले इजिप्टका विदेशमन्त्रीसँग इजरायल–हमास द्वन्द्वका क्रममा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका विषयमा चासो व्यक्त गरेका छन् ।
कायरोमा भएको एक उच्चस्तरीय कूटनीतिक कार्यक्रममा उनले प्रत्यक्ष रूपमा इजिप्टका विदेशमन्त्रीसँग कुरा गर्दै नेपाल सरकारको कृतज्ञता व्यक्त गरेका छन् । उनले विपिन जोशीसहित अन्य बन्दीहरूको अवस्थाबारे अद्यावधिक जानकारी माग गरेका छन् ।
नेपाल इजरायल–हमास द्वन्द्वमा इजिप्टको मध्यस्थकारी भूमिकालाई नेपालले सम्मान गरेको उनले बताए ।
‘हाम्रो देश नेपालका प्रधानमन्त्री केपी ओलीले हालै राष्ट्रपति इजिप्टसँग विपिन जोशीको बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको थियो,’ उनले भने, ‘विपिन जोशी लगायत अन्य बन्दीहरूको रिहाइका लागि इजिप्टले गरिरहेको पछिल्लो प्रयास र प्रगतिबारे जानकारी गराउन अनुरोध गरेको छु’, लुईंटेलले भने ।
इजिप्टले हमास र इजरायलबीच युद्धविराम तथा मानवीय राहत प्रयासमा अग्रणी भूमिका खेलेको छ । लुईंटेलको जिज्ञासाले नेपाल सरकार र युवाहरूको अन्तर्राष्ट्रिय सरोकारप्रति प्रतिबद्धता देखाएको छ ।
तत्काल कुनै विशेष जानकारी नआए पनि इजिप्टका विदेशमन्त्रीले नेपालले व्यक्त गरेको चासोलाई सम्मानपूर्वक लिँदै मानवीय पहलमा आफ्नो देश निरन्तर सक्रिय रहेको बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया