कांग्रेस र एमालेको सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पायो : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको बताएका छन् ।
मंगलबार विराटनगर विमास्थलमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले अहिले प्रधानन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको बताए । उनले वर्तमान सरकार पूरै अवधि टिक्ने भएकाले आशंका गर्नुपर्ने कुनै ठाँउ नरहेको बताएका छन् ।
गृहमन्त्री लेखकले संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् । उनले कुनै पनि वादका नाममा संविधान र गणतन्त्रविरोधी गतिविधि स्वीकार्न नसकिने बताए ।
संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट निरुत्साहित गरिने गृहमन्त्री लेखकले बताएका छन् ।
गृहमन्त्री लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने बाटोमा अघि बढेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया