निगमका साना जहाजहरू मर्मतपछि नियमित उडान
काठमाडौं । नेपाल वायुसेवा निगमको नाइनएन–एबीटी ट्विन–अटर जहाज सञ्चालनमा आएको छ ।
मर्मतपछि जहाज सोमबारदेखि सञ्चालनमा आएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विमानको सर्टिफिकेट अफ एयरविथनेस सम्पन्न गरी दुईवट नयाँ इन्जिन परिवर्तन भएको छ ।
निगमका नाइनएन–एबीयू र नाइनएन–एबीटी दुईवटा जहाजबाट नियमित उडान हुनेछ । दुवै जहाज नियामकीय चेकजाँचपश्चात् नियमित उडानमा रहेको निगमले जनाएको छ ।
निगमका प्रत्येक जहाजले दिनमा चार उडान गर्ने व्यवस्था मिलाउन समेत अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन् ।

Published : Tuesday, 2025 May 13, 8:00 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया