डीआईजी पौडेलद्वारा मकवानपुर प्रहरीको ब्यारेक, मेश, पेरिमिटर लगायतको निरीक्षण
हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण गरेका छन् ।
मंगलबार हेटौँडास्थित कार्यालयमा डीआईजी पौडेलले निरीक्षण गर्नुका साथै मातहतलाई निर्देशन सम्बोधन गरेका छन् ।
डीआईजी पौडेललाई मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले स्वागत गरेका थिए ।
डीआईजी पौडेलले जिल्ला प्रहरी कार्यालय मकवानपुरको भवन, ब्यारेक, मेश, पेरिमिटर, लगायत शाखाहरूबाट भए गरेका कामकारवाहीको अभिलेखीकरणको निरीक्षण गरेका छन् ।
उनले कार्यरत प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानमा विशेष संवेदनशील हुने, नागरिक मैत्री सेवा प्रदान गरी प्रहरीको गरिमालाई उच्च राख्ने गरी कार्यसम्पादन, प्रभावकारी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको एसपी खड्काले बताए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया