चितवनमा टोले गुण्डाहरूद्वारा खुडा प्रहार
नारायणगढ । चितवनको खैरहानीमा टोले गुण्डाका दुई समूहबीच खुडा हानाहान हुँदा तीन जना घाइते भएका छन् ।
मंगलबार दिउँसो खैरहानी नगरपालिका वडा नं. ८ स्थित आहार क्याफेमा खुडा हानाहान भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक प्रदीप महतले बताए ।
घटनामा चितवनको राप्ती नगरपालिका–४ बस्ने वर्ष २८ को दीपेन्द्रसिंह गोले, राप्ती नगरपालिका–२ बस्ने वर्ष २८ को गणेश लामा र खैरेनी नगरपालिका–९ सिमलटाँडी बस्ने वर्ष २७ को अमृत आचार्य घाइते भएको प्रहरी निरीक्षक महतले बताए ।
तीन जनाको हातमा चोट लागेको छ । घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनामा ३÷४ जनाको समूहमा रहेकाहरूले उनीहरूमाथि खुडा हानेका हुन् । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले राप्ती नगरपालिका वडा नं. ४ भवानीपुर बस्ने वर्ष २९ को मिलन रुम्बा र वर्ष २९ को विशाल लामालाई प्रहरीले पक्राउ गरेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया