बेबी बुद्धको प्रतिमालाई नगर परिक्रमा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न डा.लामा सक्रिय

तिलौराकोट । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा तिलौराकोट गुरुयोजना निमार्ण गरेर विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार कपिलवस्तुको तिलौराकोटमा बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजना गरिएको २५६९औं बुद्ध जयन्ती तथा प्रसूति उत्सव कार्यक्रमलाई सम्बोधन डा.लामाले शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट)लाई अन्तर्राष्ट्रिय बौद्धमार्गीहरूको केन्द्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागिपरेको बताए ।
डा.लामाले प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्न र पर्यटनलाई सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन सक्रिय रहेको बताए ।
उपाध्यक्ष डा.लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भैसकेको बताए । उनले तिलौराकोट छिटै विश्व सम्पदा सूचीमा सूचीकृत हुने विश्वास व्यक्त गरेका छन् ।
उपाध्यक्ष डा.लामाले तिलौराकोटको विकासमा सहयोग निम्ति स्थानीय जनसमुदाय, सरोकारवाला र प्रदेश सरकारलाई पनि आग्रह गरेका छन् ।
कार्यक्रमको अवसरमा मंगलबार बिहान ‘बेबी बुद्ध’को प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर ‘प्रसूति उत्सव’ गरिएको थियो ।
‘बेबी बुद्ध’को प्रतिमा लिन कपिलवस्तुका जिल्ला प्रमुख दिलकुमार तामाङ सहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेर बेबी बुद्धलाई बाजागाजा सहित नगर परिक्रमा गरेका थिए ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया