सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले भाग लिने, प्रधानमन्त्रीद्वारा उद्घाटन हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने बताएकी छिन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा डा.राणाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताएकी हुन् । डा.राणाले संवादमा ३५० जना सहभागी रहने बताइन् ।

सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहनेछ । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको डा.राणाले बताइन् । परराष्ट्रमन्त्री डा.राणाले संवादको तयारी अन्तिम चरणमा पुगेको बताएकी छिन् । उनले तयारी स्वरूप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरिएको बताइन् ।

जुम्लामा ‘हिमाली डाइलग’, काठमाडौंमा ‘वायु संवाद’, ‘प्री संवाद’ लगायत रहेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नेछन् । परराष्ट्रमन्त्री डा. राणाले पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । संवादसम्बन्धी चिनारीयुक्त भिडियो पनि प्रस्तुत गरिनेछ ।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू तथा कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिको जलवायुसम्बन्धी प्रतिनिधिले विशेष सम्बोधन गर्नेछन् ।

संवादमा १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तीय समानता लगायतका १२ वटा विषयमा छलफल हुने परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु तथा पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगमा केन्द्रित छलफल गर्नु रहेको छ ।

000

माननीय परराष्ट्र मन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाबाटसंवादको तयारीका सम्बन्धमा आयोजित मिडिया ब्रिफिङ
सिंहदरबार, २०८२ बैशाख ३०, ११:३०


माननीय वन तथा वातावरण मन्त्री एवं यस व्यवस्थापन समितिका सहसंयोजकज्यू
मुख्य सचिव, सचिवहरू लगायत संवाद सचिवालयका सदस्यहरू
विभिन्न मिडियाका प्रतिनिधि मित्रहरू एवं live मा जोडिनुभएका सम्पूर्ण पत्रकार मित्रहरू

नमस्कार र Good Afternoon,
हाम्रो निमन्त्रणा स्वीकार गरी यस Briefing मा सहभागी हुनुभएकोमा सर्वप्रथम यहाँहरूसबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, परराष्ट्र मन्त्रालयको यो नयाँ हलमा यहाँहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ। यो हलको उपयोग सगरमाथा संवाद सम्बन्धी मिडिया ब्रिफिङबाट गर्नु एक महत्वपूर्ण अवसर पनि हो।

हामीले आज यो व्रिफिङ सगरमाथा संवादको तयारीका सम्बन्धमा यहाँहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरेका हौं। यहाँहरू सबैलाई थाहा नै छनेपाल सरकारले सगरमाथा संवादको First Edition आगामी १६ देखि १८ मे २०२५ (तदअनुसार २०८२ जेठ २ देखि ४) सम्म काठमाडौंमा आयोजना गर्दैछ। यस पटकको थिम Climate Change, Mountains and the Future of Humanity रहेको छ।

संवादको विषयलाई मुखरित गर्न एवं यो महत्वपूर्ण विषयलाई सबैसामु पुर्याइ कार्यक्रमका सन्दर्भमा एउटा माहोल सृजना गर्ने दिशामा यहाँहरू सबैको साथ र सहयोग एवं भूमिकाका लागि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

सगरमाथा संवाद नेपालले स्थापना गरेको एक International Forum हो जहाँ मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ।यस विषयमा म धेरै बोल्न चाहिन किनभने यहाँहरूले यसका विभिन्न पक्षहरूमा यसपूर्वनै धेरै जानकारी हासिल गरिसक्नुभएको छ। म यहाँ देख्दैछु यहाँहरू मध्ये धेरैले यस विषयमा news coverageगरिरहनु भएको छ। यो हामी सबैको साझा सरोकारको विषय हो भन्नेमा यहाँहरूले कलम चलाई राख्नुभएकै छ। तसर्थ म मूलतः छ वटा विषयमा मात्र केन्द्रित रहन्छु।

क) संवादको तयारी

संवादको तयारी हाल अन्तिम चरणमा पुगेको छ। हामीले तयारीका विभिन्न चरणहरू पार गरी आज यहाँसम्म आइपुगेका हौं। तयारीका सम्बन्धमा हामीले विभिन्न समयमा पत्रकार सम्मेलनहरू आयोजना गरी यहाँहरूलाई जानकारी पनि गराइरहेकै छौं। संवादको website र Social media handles बाट जानकारी, सन्देश र तयारीका बारेमा विविध विवरणहरू हामीले सार्वजनिक गरिनै राखेका छौं।

यस विषयमा थप जानकारी दिनु अघि म पूर्वतयारीका कार्यक्रमहरू छोटकरीमा उल्लेख गर्न चाहन्छु। हामीले १० वटाजतिPre-Sambaadprogrammes लगायतका तयारीहरू पनि पूरा गरेका छौं। यस सन्दर्भमा आयोजित कार्यक्रमहरू २१ अप्रिल २०२५ मा जुम्लामा सम्पन्न Himali Dialogue, काठमाडौंमा २६ अप्रिल २०२५ मा सम्पन्न BaYuSambaadलगायत ३ मे २०२५ मा परराष्ट्र मन्त्रालयले आयोजना गरेको Pre-Sambaad हुन। यी लगायत तयारीका दौरानमा आयोजित अरू थुप्रै कार्यक्रमका सम्बन्धमा पनि यहाँहरू जानकार नै हुनुहुन्छ।

ख) संवादका कार्यक्रमहरू

तीन दिनसम्म सञ्चालन हुने यस संवाद कार्यक्रममा देहायका sessions रहनेछन्:
मुख्य कार्यक्रमहरूः

१. Opening session:आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने यो संवादको मुख्य औपचारिक कार्यक्रम हो। सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन हुने यस समारोहमा मैले स्वागत मन्तव्य दिने कार्यक्रम छ। उक्त कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरू र COP29 का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ। यो कार्यक्रम १६ मे को विहान ९:३० मा शुरू हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुनेछ।

२. Plenary Session:अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूप (International conference format) मा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम११:३० मा शुरू भई अपरान्ह १:३० बजे सम्पन्न हुनेछ।

३. Parallel Sessions:यस पहिलो संस्करणको थिममा केन्द्रित रही Limiting temperature rise below 1.5 degree Celsius; Sustaining Mountain Economy; From Highlights to Islands; Loss and Damage; Gender and Intergenerational Equity लगायतका विभिन्न १२ वटा छुट्टाछुट्टै विषयहरूमासंवादगर्ने कार्यक्रम छ। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताहरूको गहन ढंगको छलफल एवं विचार आदानप्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान र संभावनामा जोड दिइने कार्यक्रम रहेको छ। डेढ घण्टासम्म चल्ने प्रत्येक सेसनमा एकजना मोडरेटर, एकजना keynote speaker र चारजना panelists रहनेछन्। उहाँहरूको विस्तृत विवरण हामीले वेवपेजमा राखेका छौं। interactive हुने यस प्रकारका सेसनहरूमा सबैको आवाजको मुखरित हुनेगरी खासगरी युवाको चासो व्यक्त गर्न सकेसम्म बढी युवाहरूलाई सहभागी गराउने कार्यकम छ। १६ मे को अपरान्ह २:३० बाट शुरू हुने यी सेसनहरू भोलिपल्ट अपरान्ह ४:३० बजे सम्पन्न हुनेछन्।

४. Multistakeholder Roundtable under Global and Regional Partnership: यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले भाग लिनुहुनेछ। यस कार्यकमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको छ।

५. Closing Session:समापन सत्र संवादको तेश्रो वा अन्तिम दिन विहान ११:४५ मा शुरू भई करिब एक घण्टासम्म चल्नेछ। यसमा सगरमाथा संवादको Outcome अनुमोदन गरे पश्चास संवादका सम्पूर्ण कार्यक्रमहरू अपरान्ह १ बजे सम्पन्न हुनेछन्।

सहायक कार्यक्रमहरूः

मैले अघि उल्लेख गरेका मुख्य पाँचवटा कार्यक्रमका अतिरिक्त देहायका सहायक वा अतिरिक्त कार्यक्रमहरू पनि यस संवादमा सञ्चालन गर्ने गरी तय गरिएको छ।

१. Mountain Flight to the Everest Area for high-level dignitaries
२. Ministerial Meeting of the Hindu Kush Himalayan Countries
३. Event on Air Pollution
४. Pavilion on Article 6 (Paris Agreement)
५. Nepali Organic Tea Tasting
६. Bajra Eco-School Visit (by request)लगायत विभिन्न प्रदर्शनी कक्षहरू पनि रहने छन्। यस सम्बन्धी विस्तृत विवरण संवादको वेवसाइटबाट लिन सक्नुहुनेछ।

ग) संवादमा सहभागिता

संवादमा करिब१७५जना विदेशी पाहुनाहरू सहित करिब त्यतिकै संख्यामा नेपाली सहभागीहरू गरी जम्मा करिब ३५०जना सहभागीहरूले भाग लिनुहुनेछ। जसमा १२देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छ जस्मा Parliamentary Vice Chairman देखि मन्त्रीज्यूहरु लगायत हुनुहुन्छ।

१. H.E. Mr. Xiao Jie, Vice Chairman of the Standing Committee of the 14th National People’s Congress (NPC), People’s Republic of China
२. H.E. Shri Bhupender Yadav, Minister of Environment, Forest and Climate Change, Government of India
३. H.E. Mr. Mukhtar Babayev, COP29 Presidency, Minister of Ecology and Natural Resources of Azerbaijan
४. H.E. [Name TBD], Kingdom of Bahrain
५. H.E. Ms. Sharmeen Soneya Murshid, Hon. Advisor to the Ministry of Social Welfare and the Ministry of Women and Children Affairs of Bangladesh
६. H.E. Gem Tshering, Minister for Energy and Natural Resource, Royal Government of Bhutan
७. H.E. Mr. Thoriq Ibrahim, Minister of Tourism and Environment of the Maldives
८. H.E. [Name TBD], Pakistan
९. H.E. Ms. IKUINA Akiko, Parliamentary Vice-Minister for Foreign Affairs, Japan
१०. H.E. Abdulla Balalaa, Assistant Foreign Minister for Energy and Sustainability Affairs, United Arab Emirates
११. H.E. Baroness Susan Hayman, Parliamentary Under-Secretary of State (Lords Minister), United Kingdom
१२. H.E. Ambassador Bader Omar Al Dafa, Special Envoy/Vice-Minister of the Minister of Foreign Affairs for Climate Change, State of Qatar
१३. Ms. Dinara Kemelova, Special Representative of the President of Kyrgyzstan for implementation of the Five Years of Action for Development of Mountain Regions, Kyrgyz Republic
१४. H.E. Issa bin Saleh Al Shibani, Ambassador of the Sultanate of Oman
१५. H.E. Carlos Alberto Michaelsen den Hartog, Brazil
१६. H.E. Mrs. NohaHamdy Ahmed ElGebaly, Ambassador of Egypt
१७. H.E. Ambassador Md. Golam Sarwar, Secretary General, SAARC
१८. H.E. Mr. Indra Mani Pandey, Secretary-General, BIMSTEC
१९. Ms. Hana Singer Hamdy, United Nations (UNCR Nepal)
२०. H.E. Mr. Martin Raiser, World Bank Regional Vice President for South Asia
२१. Ms. Fatima Yasmin, Asian Development Bank (ADB) Vice-President for Sectors

साथै, SAARC, BIMSTEC, World Bank, ADB, Loss and Damage Fund, IPCC, UNFCCC, UN-ESCAP, IRENA, Alpine Convention र विकास सहायता संस्था, विश्वविद्यालय, थिंकट्याङ्क, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायतबाट ६१ विदेशी र दर्जनौ स्वदेशीसंगठन एवं संस्थाहरूले पनि यस संवादमा भाग लिनुहुनेछ।

घ) संवाद स्थल
यस संवादका सबै कार्यक्रमहरू द सोल्टी होटलमा आयोजना गरिनेछ।

ङ) साइडलाइन बैठकहरू
संवादमा सहभागी हुनुहुने विदेशी उच्चस्तरीय पाहुनाहरूले सम्माननीय प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेटघाट लगायत समकक्षी मन्त्रीज्यूहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था पनि मिलाइएको छ। संवादमा सहभागी उच्चस्तरीय प्रतिनिधिमण्डलहरू एकअर्काबीच भेटघाट तथा वातचित गर्न चाहेमा त्यसको पनि व्यवस्था मिलाइएको छ।

च) मिडिया सहभागिता
यस संवादका सबै कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरिने छ। भेन्युमा आउन चाहने मिडियाका मित्रहरूका लागि हामीले यस अघि नै दर्ता प्रकृया शुरू गरेका छौं। सामाजिक सञ्जाल दूतका रूपमा काम गर्न चाहानेहरूका लागि छुट्टै आब्हान पनि गरिएको थियो जसअनुसार हाल धेरैजना यसमा जोडिसक्नुभएको छ। कार्यक्रमस्थलमा Media Centre, Briefing Room र अन्तर्वार्ता कक्षको पनि व्यवस्था गरिएको छ।स्थानअभाव भएपनि सकेसम्म धेरैभन्दा धेरै संञ्चार प्रतिनिधिहरूको सहभागिता होस भन्ने उद्देश्य राखेका छौं।यो समस्या यहाँहरूले बुझिदिनु हुनेछ भन्ने अपेक्षा पनि राखेका छौं।

सगरमाथा संवाद सम्बन्धी थप जानकारी संवादको वेवपेज https://sagarmathasambaad.org/लगायतसंवादकाsocial media handles जस्तै X, Facebook, Instagram, LinkedIn लगायतबाटलिनसकिनेछ।यो कार्यक्रम हामी सबैको साझा सरोकारको विषय भएकोले यहाँहरूको साथ, सहयोग र अपनत्वको अपेक्षा राखेका छौं।


अन्त्यमा,नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने हाम्रो दृढ विस्वास रहेको छ। विश्वव्यापी मुद्दाहरूमानेपालको प्रतिबद्धतालाई उजागर गर्दैसहयोग र साझेदारीविकास गरी राष्ट्रिय आत्मविश्वासबढाएरनेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको छ।यो संवाद नेपालको विश्वव्यापी मञ्च हो। यो संवाद नेपालका लागि मात्र नभइ सबैका लागि common platform एवं एक महत्वपूर्ण अवसर पनि हो।
मेरो भनाई अहिले यहाँ अन्त्य गर्न चाहन्छु।

यहाँहरूका कुनै जिज्ञासा, प्रश्न, सल्लाह वा सुझाव भएमा राख्न सक्नुहुन्छ। म सँग यहाँ व्यवस्थापन समितिको सहसंयोजक लगायत मुख्य सचिव र सचिवज्यूहरू सबै हुनुहुन्छ।
धन्यवाद।


Published : Tuesday, 2025 May 13, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया