भारतीय सेनाले ३ आतंकवादीलाई इन्काउन्टर गरेर ढाल्यो

नयाँ दिल्ली । भारतीय सेनाको इन्काउन्टरमा जम्मु–कश्मीरमा ३ जना आतंकवादी मारिएका छन् ।
भारतीय सेनाले शोपिया जिल्लामा उनीहरूलाई इन्काउन्टर गरेको जनाइएको छ । मंगलबार केल्लरस्थित जंगलमा आतंककारीहरू लुकीछिपी बसेको सूचना सुरक्षा निकायले पाएको थियो ।
सूचनाको आधारमा भारतीय सेनाले उनीहरूको तीव्र खोजी गरेको थियो । खोजी गर्नेक्रममा आतंककारीहरूले भारतीय सेनामाथि अन्धाधुन्द फायर गरेको भारतीय सेनाले एक्समा जानकारी दिएको छ ।
भारतीय सेनाको जवाफी कारबाहीमा उनीहरू सबै मारिएको दाबी गरिएको छ । चरमपन्थीविरुद्ध सुरक्षा बलले अभियान जारी राखेको बताइएको छ ।
Published : Tuesday, 2025 May 13, 4:53 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया