सभामुखद्वारा कानूनमन्त्री र प्रमुख सचेतकहरूसँग परामर्श
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियासहित राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।
घिमिरेले संसदमा विचाराधीन विधेयकहरूका विषयमा पनि छलफल गरेको बुझिएको छ । मंगलबार बिहान संसद भवन नयाँ बानेश्वरमा घिमिरेले प्रतिनिधिसभाको बैठकका विषयमा छलफल गरेका हुन् ।
संसदमा आर्थिक वर्ष २०८२/८३ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ ।
सभामुखसँगको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतको उपस्थिति रहेको छ ।
Published : Tuesday, 2025 May 13, 10:50 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया