प्रधानमन्त्री ओलीको कार्यक्रमबाट लुसुक्क फरार भए एमालेका सांसद

लुम्बिनी । एमालेका लुम्बिनी प्रदेश सभा सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रमबाट फरार भएका छन् ।

सोमबार लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि रहेका थिए । ओलीको स्वागत र कार्यक्रममा भाग लिन पहिलो लहरमा पक्राउ पुर्जी जारी भएका एमालेका सांसद पन्थी बसेका थिए । सञ्चारमाध्यमहरूले पन्थीको तस्बिरसहितको समाचार प्रकाशन प्रसारण गरेपछि कार्यक्रमस्थलबाट लुसुक्क बाहिरिएका हुन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमाले सांसद पन्थी प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा उपस्थित भएका थिए ।

पन्थी कपिलवस्तु बाणगंगा नगरपालिका राजपुर निवासी हुन् । उनीविरुद्ध लेनदेनका विषयमा पक्राउ पुर्जी जारी भएको छ ।

कार्यक्रममा आसनग्रहण कार्यक्रम सुरु भएको थियो । मञ्चको पहिलो लहरमा रहेको सोफामा रहेका एमालेका सांसद पन्थी सामाजिक सञ्जालमा फोटो फैलिएलगत्तै बाहिरिएका हुन् ।

Published : Monday, 2025 May 12, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया