‘सिकन्दर’को कमाइलाई ‘रेड २’ले उछिन्यो

मुम्बई । बलिउड फिल्म ‘रेड २’ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

‘रेड २’ यो वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ । फिल्ममा अजय देवगनको प्रमुख भूमिका रहेको छ । फिल्मले ११ दिनमा १३० करोड भारू कमाइ गरेको छ ।

अभिनेता सलमान खानको फिल्म ‘सिकन्दर’ले भारतीय बक्स अफिसमा अल टाइम ११० करोड १० लाख भारू कमाएको थियो ।

राजकुमार गुप्ताले निर्देशन गरेको फिल्म ‘रेड २’ मा अजय देवगन, रितेश देशमुख, वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डनलगायत कलाकारको अभिनय छ । ‘रेड २’ फिल्म सन् २०१८ मा आएको फिल्म ‘रेड’को सिक्वेल हो ।

Published : Monday, 2025 May 12, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया