लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनलका ४ विजेता

काठमाडौं । १४औं लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५ मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका छन् ।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न प्रतियोगितामा जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्न सफल भएका छन् । सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शीर्ष विजेता बनेका छन् ।
जुनियर ब्वाइजतर्फ विपार्थ थापा फस्ट रनरअप, रिदयम थापा सेकेन्ड रनरअप बनेका छन् । सिनियर ब्वाईतर्फ दक्ष तनवर फस्ट रनर अप र आदि चौधरी सेकेन्ड रनरअप भएका छन् ।
सिनियर गर्लतर्फ वियन्सा गुप्ता फष्ट रनरअफ, जयना थापा सेकेन्ड रनरअप, भियना पौडेल थर्ड रनरअप र देवान्सी आर एल शाह फोर्थ रनरअप चुनिँदा जुनयर गर्लतर्फ सुहानी श्रेष्ठ फष्ट रनरअप, निरोसा प्रधान सेकेन्ड रनरअप, सर्हषा टंडन थर्ड रनरअप र श्रीनीति पराजुली फोर्थ रनरअफ बन्न सफल भएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया