न्यूरोडबाट ४२ लाख हुण्डीको रकमसहित खोटाङ र रामेछापका २ युवा पक्राउ
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार ४२ लाखभन्दा धेरै रकमसहित पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने खोटाङको बराहपोखरी गाउँपालिका–
२ घर भएका २३ वर्षीय विजयकुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।
काठमाडौं महानगरपालिका–२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपियाँ सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया