दुई लाखको प्रलोभनमा दीपाकुमारी पोखरेल पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३३ वर्षीया दीपाकुमारी पोख्रेललाई पक्राउ गरेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी पोख्रेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपियाँ लिएकी थिइन् ।

पोखरेल लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी थिइन् । पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको छ ।

पोखरेललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Published : Monday, 2025 May 12, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया