भारतका सबै विमानस्थलहरू खुले
काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् ।
जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो ।
विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार भारतीय विमानस्थल प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेर विमानस्थल खुला गरिएको जनाएको छ ।
यात्रुहरूलाई ती विमानस्थलहरूमा उडानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ ।
Published : Monday, 2025 May 12, 3:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया