भारत र पाकिस्तानको हात हालाहाल भयो, बढ्न पाएन, संयमका लागि धन्यवाद छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल भए पनि युद्धको अवस्था बढ्न नपाएकोमा खुशी व्यक्त गरेका छन् ।
सोमबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर, बढ्न पाएन ।’
प्रधानमन्त्री ओलीले भने, ‘संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् ।’
‘यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरूसँग पनि कुरा ग¥यौं’, उनले भने ।
‘नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ’, प्रधानमन्त्री ओलीले भने ।
उनले भने, ‘अर्थात् बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’
‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ’, उनले भने, ‘यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो ।’
‘यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुु पर्दछ र काम गर्नु पर्दछ’, ओलीले भने ।
‘यस प्रशंगमा केही शताब्दीहरू बितेपछि बुद्धिजम् फैलिने क्रममा कतै पुुग्यो र महायानको रुपमा रह्यो, कतै पुुग्यो थेरवादको रुपमा रह्यो, कतै पुुग्यो बज्रयानको रुपमा रह्यो’, ओलीले भने ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया