अध्यक्ष बस्नेत काठमाडौंबाट पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
अध्यक्ष बस्नेतलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतमा पेश गरेर प्रहरीले बस्नेतलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय पाएको छ ।
मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।
बस्नेतविरुद्ध आपराधिक उपद्रवको कसूरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान गर्दै अन्य कसूर खुलेको अवस्थामा उक्त कसूर पनि आकर्षित हुनेछ ।
चैत १५ गते भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा अध्यक्ष बस्नेतको पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया