शान्ति, संहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले पालना गरौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभ–कामना सन्देश जारी गरेका छन् ।
सोमबार देउवाले शुभकामना दिँदै भने, ‘विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६९ औं जन्मजयन्ती तथा प्रकृतिका पुजारी किराँत समुदायको उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ,’ सभापति देउवाले भने ।
‘तिनले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन्,’ उनले भने, ‘ शान्ति, संहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’
देउवाले भने, ‘देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्दछु ।’
‘२५६९ औं बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं पृथ्वीमा कहीं कतै खाद्यान्नको अभाव नहोस्, अन्नवाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किराँत समुदायले मनाउने उभौली पर्वको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,’ देउवाले भने ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया