झण्ड १९ लाख ठगी गर्ने हिमालय लाइफ इन्स्योरेन्सका कर्मचारी पक्राउ

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले अपराधिक विश्वासघात सम्बन्धी कसूरमा हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनीका उप–प्रादेशिक कार्यालयका कर्मचारी ३१ वर्षीय गणेश पहाडीलाई पक्राउ गरेको छ ।

पहाडीले आफू खुसी ५६ जना व्यक्तिहरूसँग बीमा गरिएका व्यक्तिहरूसँग १८ लाख ६७ हजार ७ सय १ रुपियाँ हिनामिना गरेको अभियोग लागेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप–शाखा कार्यालय होलेरीमा अपरेशन सपोर्ट पदमा कार्यरत रहँदा बीमा कम्पनीमा जोखिम बहन बीमा गरेका बीमा गरिएका ग्राहकहरूबाट विभिन्न मितिमा पहाडीले बीमा वापतको शुल्क बुझ्ने तथा कम्पनीको सफ्टवेरमा अध्यावधिक गर्नुपर्नेमा सो नगरी आफू खुशी होलेरी शाखाबाट रकम उठाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई रोल्पा जिल्ला अदालतमा आइतबार पेश गरी अनुसन्धानका लागि १० दिनको अनुमति प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका पहाडी कम्पनीबाट करीब ११ महिना अगाडि करबाहीमा परेका थिए ।

सल्यानको शारदा नगरपालिका वडा नं. ४ घर भइ हाल दाङको घोराही उप–महानगरपालिका वडा नं. १५ मा बस्ने पहाडी हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनीका उप–प्रादेशिक कार्यालय घोराहीमा कार्यरत रहेका छन् ।

(प्रहरीको पहिलाे विज्ञप्ति सच्याएर दाेस्राे विज्ञप्ति प्राप्त भएअनुसार सामाचारमा सच्यायिएकाे छ)

Published : Sunday, 2025 May 11, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया