प्राधिकरणका भ्रष्टाचारी सव-ईञ्जिनियरको सम्पत्ति साढे ३ करोड, पति-पत्नीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दीव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–ईञ्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा ३ करोडभन्दा धेरै रकमको भ्रष्टाचार मुद्दामा अभियाग पत्र दायर गरेको छ ।
आइतबार अख्तियारले पौड्यालविरुद्ध विशेष अदालतमा ३ करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पौड्यालले मिति २०५१ साल वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्म सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ ।
सव–ईञ्जिनियर पौड्यालले आर्जन गरेको तलबी पारिश्रमिक, बैठक भत्ता, निज तथा परिवारको नाममा रहेको जग्गा बिक्री आय, वीमा परिपक्व आय, लाभांश, ऋण कर्जा आय, औषधि उपचार आय, कृषि आय लगायत कुल वैद्य आय रकम दुई करोड ५८ लाख ९७ हजार ३२४ रुपियाँ छ ।
पौड्यालको घर निर्माण खर्च, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्ट प्रा.लि.मा लगानी, सवारी साधन खरिद, शेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, विमा प्रिमियम भुक्तानी र बैंङ्क मौज्दात गरी वैद्य कुल व्यय ६ करोड २२ लाख १८ हजार ५३२ रुपियाँ देखिएको छ ।
सव–ईञ्जिनियर पौड्यालको कुल व्ययमा कुल आय घटाउँदा तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन देखिएको भन्दै अख्तियारले सो रकम बिगो कायम गरि सोही मूल्य बराबरको सम्पत्ति जफत गरि पाउन मागदाबी लिइएको छ ।
पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र सोबाट बढाएको सम्पत्ति समेत श्रीमती विष्णुमैया पौड्यालका नाममा राखेको देखिएको आयोगले जनाएको छ । प्रचलित कानून बमोजिम श्रीमती विष्णुमैया पौड्याललाई प्रतिवादी कायम गरि आरोपपत्र दायर गरिएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया