डीआईजी कार्कीद्वारा कोशी प्रहरीको पदभार ग्रहण

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले पदभार ग्रहण गरेका छन् ।

आइतबार बिराटनगरस्थित कार्यालयमा डीआईजी कार्कीले कार्यभार सम्हालेका हुन् । उनलाई प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।

कार्की गृह मन्त्रालयको वैशाख २१ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका हुन् ।

कार्कीको स्वागतमा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

डीआईजी कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नवीनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराएका छन् ।

Published : Sunday, 2025 May 11, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया