लागुऔषध प्रकरणमा हेटौँडामा नेपाली चुलो होटलकी सञ्चालिकासहित ५ जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २८७ क्याप्सुल लागूऔषध ट्रमाडोलसहित ५ जना मानिसहरूलाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी वडा कार्यालय नजिकै सडकको किनारबाट ५ जनालाई लागुऔषधसहित पक्राउ गरेको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।

शंकास्पद रुपमा बसीरहेको अवस्थामा हेटौँडाका वर्ष २५ का अजित दोङ र वर्ष २१ का विनय लामालाई खानतलासी गर्ने क्रममा ट्रामाडोल २५ क्याप्सुल फेला परेको थियो ।

सोधपुछ गर्ने क्रममा मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल हेटौँडा– २ मानसचोकस्थित नेपाली चुलो होटलकी सञ्चालिका सरिता माझीसंग खरिद गरी ल्याएको बयान दिएका थिए ।

होटलमा प्रहरी टोलीले छापामारेर सञ्चालिककासहित अन्य २ जना व्यक्तिहरूलाई शंकास्पद रुपमा बसीरहेका बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल हेटौँडा – २ बस्ने बर्ष २२ को उदेश राई र हेटौँडा– ९ बस्ने वर्ष २९ को मनीष तिल्सिनालाई लागूऔषध ट्रमाडोल २६२ क्याप्सुल र ३० ग्राम गाँजासहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अजित दोङ, विनय लामा, सरिता माझी, उदेश राई र मनीष तिमल्सिना गरी ५ जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट लागुऔषध कसूर मुद्धामा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।

Published : Sunday, 2025 May 11, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया