निजामती र अख्तियारको विधेयक प्रक्रिया अनुसार अगाडि बढ्छ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकलाई संसदमा पेस गर्नेगरी तयारी गर्न सरकारलाई निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा खतिवडाले निजामती सेवा र अख्तियार दुरुपयोग अनुसन्धानसम्बन्धी विधेयकबारे आगामी बैठकमा सरकार स्पष्ट धारणासहित नआए प्रक्रिया अनुसार अगाडि बढ्ने बताए ।
उनले भने, ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु, मान्य सदस्यहरुको धारणा बुझेर, जनताको धारणा बुझेर अब सरकारलाई आगामी बैठकमा उपस्थित हुँदा यी सम्पूर्ण कुरा क्लियर गर्नेगरी अर्को बैठकबाट निजामति विधेयक जसरी पनि संसद्मा पेस गर्नेगरी हामी तयारी हुनुपर्छ ।’
‘नभए हामी प्रक्रियामा जानुपर्ने आवश्यकता छ,’ खतिवडाले भने, ‘यो समितिलाई राजनीतिक गन्ध नआउने समितिको रुपमा विकास गरौँ भन्ने हो ।’
सभापति खतिवडाले भने, ‘समिति हामी सबैको हो, त्यही किसिमले जाऔँ । आगामी बैठकमा उपस्थित हुँदा समितिको धारणा बुझेर उपस्थित हुन अनुरोध गर्न चाहन्छु ।’
‘कानून निर्माण गर्दै जाँदा पुरानालाई समय थप्दै जाने, नयाँलाई बाटो बन्द गर्ने प्रवृत्तिको विकास भयो भने जनमानसमा कस्तो धारणा उत्पन्न हुन्छ, त्यसमा सरकारको ध्यान जाओस्,’ खतिवडाले भने, ‘अख्तियारको विधेयमा पनि छिटो बैठक बसेर टुंग्याउनुपर्नेछ ।’
उनले भने, ‘सरकारको स्पष्ट धारणा आओस् । नत्र समिति आफ्नो काममा अघि बढ्छ ।’
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया