तरुण दल चौताराको अध्यक्षमा तामाङ निर्वाचित

चौतारा । नेपाल तरुण दल चौतारा नगरपालिकाको अध्यक्षमा अमिर तामाङ निर्वाचित भएका छन् ।
नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष संजय लामाका अनुसार तरुण दल चौतारा नगरपालिका कार्यसमितिको पाँचौ अधिवेशनबाट तामाङलाई अध्यक्षमा चयन गरिएको छ ।
अध्यक्ष लामाले नेपाल तरुण दल पाँचौ अधिवेशन उन्मुख भएको र लोकतन्त्रलाई बलियो बनाउन तरुणहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । लामाले तरुण दल क्लब नभएर नेपाली कांग्रेसको मेरुदण्ड रहेको बताए ।
Published : Sunday, 2025 May 11, 11:22 am
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया