रामपुर प्रहरीद्वारा ‘मिनी बाल मेला’को आयोजना, सचेतना मुलक कुराको जानकारी

रामपुर । इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले मिनी बाल मेलामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार निस्दी गाउँपालिका वडा नं. १ राधाकृष्ण माध्यामिक विद्यालयको प्राङ्गणमा वडा नं. १ का वडाध्यक्ष यमबहादुर रानाको अध्यक्षतामा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा बाल मिनी मेला कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, वडा नं. १ का ८ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी करीव ४०० जनाको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय, रामपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम, आत्म हत्या न्यूनीकरण, लागुऔषध, साईबर अपराध तथा बालयौन दुरुपयोग रोकथाम सम्बन्धी सचेतना मुलक जानकारी गराएका थिए ।
यसअघि, शुक्रबार रामपुर नगरपालिका वडा नं. ४ स्थित सीताराम माद्यामिक विद्यालयको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीको आतिथ्यतामा विद्यालयका शिक्षक र विद्यार्थी गरी करीव १०० जनाको उपस्थितिमा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम, आत्म हत्या न्यूनीकरण, लागुऔषध, साईबर अपराध तथा बालयौन दुरुपयोग रोकथाम सम्बन्धी सचेतना मुलक जानकारी गराएको प्रेस नोटमा उल्लेख छ ।




बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया