बजेटमा खेलकुदले प्राथमिकता पाएन भने खेलाडीहरूलाई ठूलो अन्याय हुन्छ : खेलकुदमन्त्री महर्जन

हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेश खेलकुद हव भएकोले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
शनिबार ललितपुरको बागमती गाउँपालिकास्थित गिम्दीमा आयोजित वडा कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले नयाँ बजेटमा खेलकुदले प्राथमिकता पाएन भने खेल, खेलाडी र प्रशिक्षकहरूलाई ठूलो अन्याय हुने बताए । उनले खेल र खेलाडीहरूलाई अन्याय हुन नदिने पक्षमा आफ्नो भूमिका विशेष रहने बताएका छन् ।
खेलकुदमन्त्री महर्जनले बागमती प्रदेशको १३ वटै जिल्लामा दिनमा कम्तिमा २० देखि २५ वटा खेलकुद प्रतियोगिता संचालन भइरहेको बताए ।

अन्य प्रदेश्मा खेलकुद प्रतियोगिता बिरलै हुने गरेको उनले बताएका छन् । ‘अन्य प्रदेशहरूमा दिनमा ४ देखि ५ वटा खेलकुद प्रतियोगिता हुन मुस्किल छ’, महर्जनले भने, ‘देशका चर्चित खेलाडीहरू ६० देखि ७० प्रतिशत खेलाडी बागमती प्रदेशबाट प्रतिधित्व गर्छन् ।’
पारा ओलम्पिक गेममा कास्य पदक विजेता खेलाडी पलेशा गोबर्धन पनि बागमती प्रदेशका खेलाडी रहेको मन्त्री महर्जनले बताए । नेपालका लागि अहिले सम्मकै ठूलो पदक जितेको भनेको पलेशाले ल्याएको कास्य पदक रहेको उनले बताए ।
त्यस्तै २० वर्ष अघि एसियन गेममा तेक्वान्दोतर्फ रजत पदक हासिल गर्ने खेलाडी सबिता राजभण्डारी पनि बागमती प्रदेशकै भएको मन्त्री महर्जनले बताए ।

करिब १८ महिना अगाडि १९औँ एसियन गेममा करातेतर्फ रजत पदक हासिल गर्ने खेलाडी एरिका गुरुङ पनि बागमती प्रदेशकै खेलाडी हुन् ।
‘यी ३ वटै पदक नेपालको लागि ऐतिहासिक पदक रहेका छन् । साफ गेममा स्वर्ण पदक हासिल गर्ने खेलाडी त बागमतीभित्र अनगिन्ती नै छन्’, उनले भने ।
‘राज्यले खेलकुदलाई प्राथमिकता नदिएको कारण देशका सेलिब्रेटी खेलाडी धमाधम बिदेश पलाएन भएका छन्’, मन्त्री महर्जनले भने, ‘हरेक युवाहरू कुनै न किनै खेलसंग आवद्ध भएकै हुन्छ ।’
महर्जनले भने, ‘त्यसैले ती युवा र खेलाडी बिदेश जानबाट रोक्नको निमित्त बागमती प्रदेश खेलकुद हव भएको कारण बागमती प्रदेश सरकारले खेलकुदमा लगानी गरेर खेलाडीहरूको जीविकोपार्जन गर्न सक्ने वातावरण बागमती प्रदेश सरकार प्रतिबद्ध हुनु पर्छ ।’

७ दिनसम्म संचालन हुने गिम्दी भलिबल प्रतियोगितामा विशेष अतिथिको रुपमा ललितपुर जिल्ला समन्वय प्रमुख ऋषिदेब फुयाल, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, वडा अध्यक्षहरू, सामाजिक ब्यक्तित्वहरू लगायत बाक्लो उपस्थिति रहेको थियो ।
पहिलो दिनको खेलमा आयोजक गिम्दीले आश्राङलाई सोझो सेटमा पराजित गरेको छ । भलिबल प्रतियोगितामा ललितपुर, मकवानपुर काभ्रे, सिन्धुली गरि १२ टीमको सहभागिता रहेको छ ।


बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया