दुर्घटना प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु
इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ ।
शनिबार उदयपुरस्थित घरबाट घरायसी सामान लिएर दुहवी जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत असई खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
त्रियुगा नगरपालिका–८ राजाबासका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।
दुर्घटनामा घाइते भएका चालक कार्कीको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनकी छोरी रोजिना कार्की भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया