भारतीय सेनामा कार्यरत मनबहादुरको दुर्घटनमा परेर निधन

काठमाडौं । भारतीय सेना (थ्रीजीआर)मा कार्यरत नेपाली युवक २५ वर्षीय मनबहादुर बराल मगरको दुर्घटनामा परेर मृत्यु भएको छ ।
भारत र पाकिस्तानबीच युद्ध शुरु हुनुभन्दा अगाडि उनी दुर्घटनमा परेका थिए । उनको अन्तिम दाहासंस्कार पनि भारतमा भएको छ । आफन्तहरूले अन्तिम दाहासंस्कार गरिसकेका छन् । उनकाे चार वर्षकाे छोरालाई प्यूठानस्थित घरमा हजुर आमाले राखेको बुझिएको छ ।
नेपालमा प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ५ निवास मनबहादुरको भारत–पाकिस्तानबीच कश्मीरमा भएको युद्ध क्षेत्रमा जाने क्रममा दुर्घटनामा परेर मृत्यु भएको आफन्तहरूले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख (डिएसपी) दीपेश बस्यालले पनि मनबहादुर बराल मगरको भारतमा मृत्यु भएको सूचना र जानकारी आएको बताए पनि थप विवरण नआइसकेको उल्लेख गरेका छन् ।
मनबहादुरकी श्रीमती मञ्जु सारुको एक वर्ष अगाडि निधन भएको थियो । पत्नीको शोकमा रहेका मनबहादुरको पनि भारतमा युद्ध क्षेत्रमा जाने क्रममा दुर्घटनामा परेर निधन भएको छ । मनबहादुरका चार वर्षीय सुपुत्र युगान्त बराल छन् । उनका छोरा पूर्ण रूपमा एक्लो बनेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया