प्रधानमन्त्री ओलीसँग अध्यक्ष श्रेष्ठको भेट, अब सरकार नछाड्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष एवम् संसदीय दलको नेता रञ्जीता श्रेष्ठले भेट गरेकी छिन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेट गरेर अध्यक्ष श्रेष्ठले राजनीतिक विषयमा छलफल गरेकी हुन् । स्रोतका अनुसार सरकार छाड्ने भनेर दिएको अभिव्यक्तिलाई नाउपाकी अध्यक्ष श्रेष्ठले सच्याएकी छिन् ।
नाउपाका संरक्षक एवम् अध्यक्ष श्रेष्ठका पति रेशमलाल चौधरीलाई सर्वोच्च अदालतका एक कर्मचारीको सन्कीको पत्रले पक्राउ गरिएको विषयलाई लिएर सरकार छाड्नेसम्मको धम्की दिएका थिए ।
प्रधानमन्त्री ओलीसँगको भेटपछि अध्यक्ष श्रेष्ठले सरकार तत्काल नछाड्ने बताएको बुझिएको छ ।
आरोप लगाउनेहरूले सीके राउत नेतृत्वको जनमत पार्टीसँगको पार्टी एकतालाई रोक्न अध्यक्ष श्रेष्ठको मिलोमतोमा रेशमलाल चौधरीलाई पक्राउ गर्न लगाएको भन्ने आरोप छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया