शौचालयमा लडेर टाउकोमा टाँका लगाएका दाहालद्वारा पौडेलसँग भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् ।

शुक्रबार शीतलनिवासमा पौडेलसँग दाहालले भेट गरेका हुन् । भेटमा देशको वर्तमान राजनीतिलगायत समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

ललितपुरको लाकुरी भञ्ज्याङ्गमा रहेको रिसोर्टको शौचालयमा लडेर घाइते भएका दाहालको स्वास्थ्यमा सुधार भएपछि राष्ट्रपति पौडेललाई भेट्न गएका हुन् ।

पार्टी कार्यालयमा एक जोडीको जनवादी विवाह गरिदिएपछि अध्यक्ष दाहाल सोही विवाहको पार्टी खान लाकुरी भञ्ज्याङ्गको महँगो रिसोर्टमा पुगेका थिए । रिसोर्टको शौचालयमा लडेर टाउकोमा चोट लागेपछि दाहालको टाउकोमा टाँका समेत लगाइएको छ ।

Published : Friday, 2025 May 9, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया