नेपाल–भारत सिमानामा संयुक्त सुरक्षा गस्ती, उच्च सतर्कता

काठमाडौं । भारतले नेपालतर्फको सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाएको छ ।
भारतको खुला सीमा नेपालसँग जोडिएकाले उच्च सतर्कता घोषणा गरिएको छ । सिमाना क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरूसँगको समन्वयमा कडा गस्ती शुरु भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीहरूले सिमानामा निगरानी बढाएका हुन् ।
उत्तर प्रदेशको पिलीभीत क्षेत्रमा शुक्रबार दिउँसो यलो अलर्टको अभ्यास गरिँदै सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउने कोसिस गरिएको छ ।
भारतले आतंकवादीहरू लुकेर बसेका स्थानमा पाकिस्ताविरुद्ध सैन्य कारबाही गरेपछि नेपाल र भारतको सिमानामा सुरक्षा सतर्कता अपनाइएको छ ।
नेपालतर्फ खुला सीमा रहेका कारण शुक्रबार निर्देशनअनुसार थप फोर्स पठाइएको छ । क्षेत्रीय प्रहरीसहित पीएससीका दुई टोलीहरू सीमामा तैनाथ गरिएका छन् ।
प्रहरी र एसएसबीले संयुक्त रूपमा सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका छन् । आवतजावत गर्ने नागरिकहरूको कडाईका साथ जाँच भइरहेको छ । पक्की सडकसँगै कच्ची बाटोमासमेत विशेष निगरानी राखिएको छ । नदी करिडोरमा पनि निगरानी कडा बनाइएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया