पशुपति क्षेत्र विकास कोषको ३६ लाख हिनामिना गर्ने लेखापाल बर्खास्त
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न रहेको भन्दै लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त गरेको छ ।
कोषका सदस्यसचिव डा.मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपियाँ हिनामिना गर्ने लेखापाल दवाडीलाई बर्खास्त गरिएको हो ।
लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो ।
२०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो ।
कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेस गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल दवाडीबाट असुल गर्न बाँकी रहेको र उक्त रकम पनि असुल गरिनेछ ।
कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हिनामिना गरेको रकम असुलउपर गर्ने गरी कोषको सेवाबाट बर्खास्त गरिएको पत्र लेखापाल दवाडीलाई दिएका छन् ।
यसअघि डा. थापाकै नेतृत्वमा २०८१ जेठ ७ गते सोमबार पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो ।
पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे र बाजा बजाउने कर्मचारीहरू ३४ वर्षका अनिल परियार, ३५ वर्षका कुमार दमाईं परियार र २९ वर्षीय सञ्जय कपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।
अभियुक्तविरुद्ध अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया